नवलपरासीमा छोराद्वारा आमाको हत्या

बिएल संवाददाता

पश्चिम नवलपरासी
symbolic
symbolic

पश्चिम नवलपरासीमा छोराले आमाको हत्या गरेका छन्। 

जिल्लाको सुनवल नगरपालिका–१३ का २५ वर्षीय शिवकुमारले ५० वर्षीया आमा बुद्धिरानी मुसहरको हत्या गरेका हुन्। 

घरायसी विवाद हुँदा घाँटीमा धारितो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बताएको छ।

हतियारले घाँटीमा लागेपछि बुद्धिरानीको घटनास्थलमा नै मृत्यु भएको थियो। भने शिवकुमारलाई प्रहरीले रुपन्देहीको गैडहवा गाउँपालिका –८ मैनाहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो।

प्रकाशित मिति: : 2023-06-28 12:09:00

प्रतिकृया दिनुहोस्