पाकिस्तानमा बस दुर्घटना हुदा १० जनाको मृत्यु, ४० भन्दा बढी घाइते

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तको नवाब शाह जिल्लामा आइतबार दुई यात्रुबाहक बस एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते भएका छन्। 

एक लेनको सडकमा विपरीत दिशामा गुडिरहेका दुई बसले एकै पटक दुई फरक फरक सवारी साधनलाई ओभरटेक गर्दा दुई बसहरू एक अर्कासँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी गराएको छ।

दुर्घटनाको केही मिनेटभित्र नै उद्धारकर्मीहरू घटनास्थलमा पुगेका र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धारकर्मीले जनाएका छन्। मृत्यु हुनेमा महिला र बालबालिका रहेको उद्धारकर्मीले बताएका छन्। 

देशको उत्तरपश्चिमी पेशावर सहरबाट दक्षिणी बन्दरगाह सहर कराँचीतर्फ जाँदै गरैको बस र कराँचीबाट पूर्वी पञ्जाब प्रान्ततर्फ जाँदै गरेको बस एकआपसमा ठोक्किँदा मानवीय क्षति हुन पुगेको हो।

प्रकाशित मिति: : 2023-06-26 06:02:00

प्रतिकृया दिनुहोस्