पोखरा महानगरको नीति तथा कार्यक्रम : २० वर्षे पुराना साधन विस्थापन गरिने (पूर्णपाठ)

पोखरा महानगरपालिकाले आफ्नो आगामी आर्थिक वर्ष २०८०/८१को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ सै घण्टा खोल्न पहल गर्ने भएको छ।

आइतबार १३ औँ नगरसभामा आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर धनराज आचार्यले लेकसाइडलाई २४ सै घण्टा खोल्न पहल गर्ने र उक्त क्षेत्रमा सवारी साधन व्यवस्थापन र रात्रिकालीन व्यवसाय नियमन गर्न उचित कार्यविधि बनाइने बताए।

आचार्यले सर्वोच्च अदालतको आदेश बमोजिम फेवातालको ६५ मिटर मापदण्डलाई कार्यान्व्यनमा लैजाने पनि बताए।

आचार्यका अनुसार हाल लामेआहालमा अस्थायी ल्याण्डफिल्ड साइड सञ्चालन गरिएकोमा फोहोर मेलाको दिगो व्यवस्थान योजना सहित पोखरा–३३, उपल्लो पुँडिटारमा अत्याधुनिक प्रविधिमा आधारित फोहोर प्रशोधन केन्द्र स्थापनाको प्रक्रिया सुरु गरिएको छ ।

यस्तै फेवातालसहित विश्व रामसार सूचीमा परेका पोखराका अन्य तालको सिमसार र जलाधार क्षेत्रको पनि संरक्षण गरिने महानगरले नीति लिएको छ भने फिर्के खोलाको मापदण्ड तय गरी त्यसको व्यवस्थापनमा पर्ने महानगर जुट्ने भएको छ।

यसबाहेक पोखरा महानगरमा संचालित २० वर्ष माथिका पुराना सवारी साधनलाई विस्थापन गर्दै विद्युतीय सवारी प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

 

प्रकाशित मिति: : 2023-06-25 20:59:00

प्रतिकृया दिनुहोस्