धनगढी उपमहानगरपालिकाले ल्यायाे १ अर्ब ९३ करोड बजेट

धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १ अर्ब ९३ करोड ८ लाख २४ हजारको बजेट ल्याएको छ।

आइतबार नगरसभाकाे १०औं अधिवेशनमा उपप्रमुख कन्दकला रानाले बजेट प्रस्तुत गरेकी हुन्।

बजेटमा चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार ६३ र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2023-06-25 17:48:00

प्रतिकृया दिनुहोस्