आगामी आवमा २५ अर्ब ५४ कराेड आम्दानी हुने काठमाडौं महानगरकाे प्रक्षेपण

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षपन गरेकाे छ।

आइतबार नयाँ आवकाे बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै नगर उपप्रमुख सुनिता डंगाेलले संघ, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानसहित आन्तरिक स्राेतका आम्दानी हुने प्रक्षेपण गरिएकाे बताइन्।

जसअनुसार संघ र प्रदेश सरकारबाट सशर्त अनुदानबाट रू १ अर्ब ४५ कराेड ६२ लाख ४६ हजार, निशर्त अनेदानतर्फ रू ७९ कराेड ३६ लाख ३० हजार, आन्तरिक आउतर्फ रू ६ अर्ब ३९ कराेड २० लाख प्राप्त हुनेछ।

यस्तै बैंक र सामाजिक सुरक्षा भत्ता तथा जग्गा एकीकरण आयाेजना रू २ अर्ब ९९ कराेड गरि कुल २५ अर्ब ५४ कराेड ७८ लाख २० हजार आम्दानी हुने प्रक्षेपण गरिएकाे उपप्रमुख डंगाेलले जानकारी दिइन्।

प्रकाशित मिति: : 2023-06-25 13:04:00

प्रतिकृया दिनुहोस्