फिलिपिन्सको बजेट ९.५ प्रतिशत बढ्यो

फिलिपिन्सको सन् २०२४ को बजेट ९.५ प्रतिशत बढेको छ। 

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सन् २०२४ का लागि प्रस्तावित ५.७६८ ट्रिलियन पेसो (लगभग १०३.७३ अर्ब अमेरिकी डलर) राष्ट्रिय बजेटलाई अनुमोदन गरेका छन्।  यो बजेट सन् २०२३ को बजेटभन्दा ९.५ प्रतिशतले बढी हो। 

देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को २१.८ प्रतिशत बराबरको बजेटले महामारीको असर र मुद्रास्फीतिको असरलाई सम्बोधन गर्न आर्थिक र सामाजिक रूपान्तरण गर्ने सरकारको प्रतिवद्धता झल्काउने बजेट मन्त्री अमेनाह पाङ्गन्डमानले भने

पूर्वाधार परियोजना, मानव पुँजी विकास र दिगो कृषि तथा खाद्य सुरक्षामा लगानी गर्न तयार  रहेको बताएका छन्।

पाङ्गन्डमानले बजेट घाटालाई जीडीपीको ३ प्रतिशतमा ल्याउने र सन् २०२८ सम्ममा गरिबी दरलाई एकल अङ्कमा घटाउने सरकारको लक्ष्यतर्फको ‘अपरिहार्य कदम’ भएको  पनि उद्घोष गरेका छन्। 

सरकारले प्रस्तावित बजेट विधेयक बन्नुअघि थप छलफलका लागि कांग्रेसमा पेस गर्ने पनि उनले बताएका छन्।

प्रकाशित मिति: : 2023-06-24 05:24:00

प्रतिकृया दिनुहोस्