गर्मी मौसममा आफ्नो छालालाई ध्यान दिनु जरुरी छ। यसो नगरेमा आफ्नो अनुहारको छाला सुखा हुने गर्छ। कहिलेकाहीँ हामीसँग समय हुँदैन, आफ्नो अनुहारको ख्याल राख्न। जसको असर हाम्रो अनुहारमा पर्न जान्छ। केही मानिसहरूले आफ्नो अनुहारमा चमक ल्याउनका लागि पार्लर जाने गर्छन् तर अनुहारमा ‘ग्लो’ ल्याउनका लागि घरेलु उपचार पनि अपनाउन सकिन्छ। त्यही उपचारमा पर्दछ, आइस फेसियल। जसका लागि तपाईले छुट्टै समय निकाल्न पर्दैन।
यसरी गर्नुहोस् आइस फेसियल
धेरै किसिमको फेसियल हुन्छ, जुन छाला अनुसार प्रयोग गरिन्छ। तर आइस फेसियल जस्तोसुकै छालामा पनि गर्न सकिन्छ। जसको लागि तपाई घरमा बरफ जमाउनुपर्छ र अनुहारमा बदल्नुपर्दछ।
फेसियलको लागि चाहिन्छ आइस क्यूब
फेसियल गनृका क्रिम लगायत अरू चिजहरूको जरुरत पर्छ। त्यसैगरी फेसियलको लागि आइस क्यूब आवश्यकता छ। यसको लागि तपाईले एउटा सानो भाडाँमा पानी भर्नुपर्छ र फ्रिजमा राख्नुपर्छ।
अनुहारलाई राम्रोसँग सफा गर्नुहोस्
आइस फेसियल गर्नुअघि आफ्नो अनुहारलाई राम्रोसँग सफा गर्नुपर्छ। अनुहारमा माटो या क्रिम हुनुहुँदैन नभए फेसियल राम्रोसँग हुँदैन।
आइस क्यूबलार्य प्रयोग गर्नुहोस्
जब तपाई आफ्नो अनुहारलाई सफा गर्नुहुन्छ, तब तपाईले आइस क्यूबलको प्रयोग गर्नुपर्छ। जसको लागि कपडामा एक अथवा दुई आइस क्यूब राख्नुहोस् र दई मिनेटको लागि अनुहारमा छोड्दिनुस्। त्यसपछि छालालाई शान्त राख्नुहोस्।
अनुहारलाई सफा गर्नुहोस्
आइस फेसियल गरिसकेपछि आफ्नो अनुहारलाई एक कपडाले पुछेर सफा बनाउनुस्। र केही समयको लागि आराम गर्नुस्।
मोस्सराइजर लगाउनुहोस्
यदी तपाईको छाला धेरै सुख्खा छ भने आइस क्यूब गरिसकेपछि मोस्सराइजरको प्रयोग गर्नुहोस्। यसो गर्नाले तपाईको छाला नरम हुन्छ। ओइली छाला भएका महिलाहरूले भने आइस क्यूबको प्रयोग गरिसकेपछि केही लगाउनु हु्ँदेन।