तीस हजार युक्रेनी सैनिकलाई ईयूले तालिम दिने

युरोपेली सङ्घ (ईयू)का सदस्य राष्ट्रहरूले यस वर्ष युक्रेनको सशस्त्र बलका ३० हजारभन्दा बढी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ। 

‘सन् २०२३ मा युक्रेनका लागि युरोपेली सङ्घको सैन्य सहायता कार्यक्रमले ३० हजार युक्रेनी सशस्त्र बलका जवानलाई तालिम दिने योजना बनाएको छ,’ कीभस्थित रक्षा मन्त्रालयले भनेको छ।

ईयूका अधिकारीहरूले ३० हजार युक्रेनी सैनिकहरूलाई प्रशिक्षण दिने प्रतिवद्धता यस वर्षको फेब्रुअरीमा नै व्यक्त गरेका थिए।

ब्रसेल्सले युरोपेली सङ्घका सदस्य राष्ट्रहरूलाई आगामी चार वर्षमा युक्रेनलाई सहयोग गर्न ५० अर्ब युरो (५५ अर्ब डलर) को प्याकेजलाई समर्थन गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: : 2023-06-21 05:26:00

प्रतिकृया दिनुहोस्