अफगानिस्तानमा ५ जनामा पोलियो फेला

फाइल तस्बिर
फाइल तस्बिर

अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा  पोलियो संक्रमण पत्ता लागेपछि कुल पोलियो संक्रमितको संख्या  पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले  जनाएको छ।

अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो संक्रमणको पुष्टि गरेका हुन्।

"यो रोग प्रान्तका अन्य भागहरूमा फैलिने डर छ र यसलाई जाँच गर्ने प्रयास भइरहेको छ," अधिकारीले भनेका  छन्।

यसअघि प्रदेशका कोट, बातीकोट, नाजियन र बेहसुद जिल्लामा चार जनामा संक्रमण देखिएको थियो।

अफगानिस्तान र पाकिस्तान विश्वका यस्ता देश हुन् जहाँ जङ्गली पोलियोको सङ्क्रमण अझै पनि छ।

प्रतिवेदनका अनुसार अफगानिस्तानमा सन् २०२२ मा पोलियोभाइरसका दुई घटना र सन् २०२१ मा चार घटनाहरू पुष्टि भएका थिए।

प्रकाशित मिति: : 2023-06-20 05:33:00

प्रतिकृया दिनुहोस्