जुलाई–अप्रिलमा बङ्गलादेशको व्यापार घाटा ४३ प्रतिशतले घट्यो

सन् २०२२–२३ को जुलाईदेखि सन् २०२३ को जुनसम्मको पहिलो १० महिनामा बङ्गलादेशको व्यापार घाटा ४३.२१ प्रतिशतले घटेर १५ अर्ब ७३ करोड अमेरिकी डलरमा झरेको यहाँको केन्द्रीय बैंकको पछिल्लो तथ्याङ्कले देखाएको छ।

बङ्गलादेश बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको आयात भुक्तानी १४.४० प्रतिशतले वृद्धि भई ५८ अर्ब ७८ करोड अमेरिकी डलर पुगेको छ भने निर्यातबाट हुने आम्दानी ५.०६ प्रतिशतले वृद्धि भई ४३.०५ अर्ब डलर पुगेको छ। 

गत आर्थिक वर्षको जुलाई–अप्रिल अवधिमा बङ्गलादेशको निर्यात आय र आयात भुक्तानीबीचको अन्तर २७ अर्ब ७० करोड अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ।

केन्द्रीय बैंकका एक अधिकारीका अनुसार रेमिट्यान्सले बङ्गलादेशलाई व्यापार घाटाको असर कम गर्न मद्दत गरेको छ। आर्थिक वर्ष २०७५/७६ को पहिलो १० महिनामा बङ्गलादेशले १७ अर्ब ७२ करोड डलर विप्रेषण भित्राएको थियो। मे महिनामा ३० अर्ब डलरभन्दा तल झरेको देशको घट्दो विदेशी मुद्रा सञ्चितिलाई बढावा दिन बैंकले हालैका महिनाहरूमा आयातलाई निरुत्साहित गर्न विभिन्न उपायहरू अपनाएको छ।

निर्यातलाई बढावा दिनको लागि बैंकले गत वर्ष सेप्टेम्बरमा देशका वाणिज्य बैंकहरूलाई चिनियाँ मुद्रा युआनमा खाताहरू खोल्न मार्ग प्रशस्त गरेको थियो। यसको अर्थ चिनियाँ मुद्रामा आधारित सीमापार व्यापारलाई सुविधा जनक बनाउनु रहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-06-16 05:47:00

प्रतिकृया दिनुहोस्