श्रीलङ्कामा ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट

श्रीलङ्काका अधिकारीहरूले बिहीबार ४ करोड ८० लाख अमेरिकी डलरभन्दा बढीको अवैध चुरोट नष्ट गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलङ्काको भन्सारले विगत दुई वर्षमा यस्ता थुप्रै तस्करी प्रयासहरूलाई विफल पारेर निषेधित वस्तुहरू जफत गरेको जनाएको छ।

अर्थ राज्यमन्त्री रञ्जित सियाम्बालापिटियालाई उद्धृत गर्दै स्रोतले अवैध रुपमा पैठारी भएको चुरोटको मूल्य १५ अर्ब रुपैयाँ (४ करोड ८६ लाख अमेरिकी डलर) रहेको बताए।

सियाम्बलापिटियाले श्रीलङ्काको भन्सारले नष्ट गरेको  चुरोटको सबैभन्दा ठूलो परिमाण भएको बताएका छन्।

प्रकाशित मिति: : 2023-06-16 05:37:00

प्रतिकृया दिनुहोस्