काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ११ श्यामपाटी सिमलचौरका वडा सदस्य ज्ञानी विकको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार श्रीमानकाे कुटाइबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
श्रीमान शम्भु विकले जेठ २९ गते राति १० बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका थिए।
विकको शव परीक्षणका लागि धुलिखेल अस्पतालमा राखिएको छ। कुटपिट गर्ने उनका श्रीमान शम्भु विकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अुनसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए।