कोशी प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ वार्षिक नीति कार्यक्रम छलफलका लागि स्वीकृति गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज साँझ बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिए।
यस्तै बैठकले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रदेश सरकारको वार्षिक नीति कार्यक्रम प्रदेशसभाको चालु अधिवेशन यही जेठ ३१ गते दिनको १ बजे सम्बोधन गरी प्रस्तुत गर्न अनुरोध गर्ने निर्णय गरेको छ।
प्रदेश प्रमुखको प्रदेशसभामा हुने नीति तथा कार्यक्रम सम्बोधनको आवश्यक सम्पूर्ण व्यवस्था मिलाउनका लागि प्रदेशसभालाई अनुरोध गर्ने निर्णय भएको प्रवक्ता सिटौलाले बताए।