यात्रुको मृत्यु भएपछि उर्लाबारीमा बसमा आगजनी

मोरङको उर्लाबारी नगरपालिका–३ स्थित पूर्व-पश्चिम राजमार्गमा एउटा यात्रुवाहक बस जलाइएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मंगलबारे सडकखण्ड नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३०७३ नम्बरको यात्रुवाहक बस जलाइएको हो।

पूर्वबाट पश्चिम जाँदै गरेको प्र १–०१–०१३ प २९० नम्बरको स्कुटरलाई ठक्कर दिएको भन्दै स्थानीयले बसमा आगजानी गरेका हुन्। बस ठक्करबाट कमलगाउँपालिका-२ का पवन सुवेदीको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

झापाको कन्काई नगरपालिका-३ निवासी बस चालक ३२ वर्षीय टंक प्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: : 2023-06-08 16:36:00

प्रतिकृया दिनुहोस्