बिएल संवाददाता
काठमाडौँ महानगरका मेयर बालेन्द्र साहले ग्रेटर नेपालका ‘एक्ला अभियन्ता’ फणिन्द्र नेपाललाई साथ दिएका छन्।
ग्रेटर नेपालको मुद्दा जोडतोडले उठाइरहेका फणिन्द्रलाई मेयर साहले पूर्ण समर्थन गरेको महानगरका अधिकारीहरूले जनाएका छन्। स्रोतकाअनुसार उनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सासमेत राखेका छन्।
व्यक्तिगत काम लिएर भारत भ्रमण जानुअघि मेयर साहले भारतीय नयाँ संसद्मा राखिएको ‘अखण्ड भारत’को नक्साको काउन्टरमा ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा झुन्ड्याएका हुन्।
भारतले सार्वजनिक गरेको नयाँ भारतीय साँस्कृतिक नक्सालाई कथित ‘अखण्ड भारत’को नाम दिइएको छ। इतिहासमा कहिल्यै हुँदै नभएको अखण्ड भारतको नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनीसमेत राखिएको छ।
काठमाडौँदेखि जेनेभा पुगेर ‘ग्रेटर नेपाल’को अभियानलाई अन्तर्राष्ट्रियकरणमा तम्सिएका ‘एक्ला अभियन्ता’ फणिन्द्रले भारतीय कदमको चर्को विरोध गरेका छन्।
भारतीय नयाँ नक्साका सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मौन देखिएपनि चौतर्फी रुपमा आलोचना र कथित अखण्ड भारतको नक्साबाट नेपाली भूमि हटाउनुपर्ने नेपाली–माग छ।
नेपाली भावना र नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै चुनावी परीक्षा आफ्नो पक्षमा ल्याएका मेयर बालेन्द्रले ग्रेटर नेपालको नक्साप्रति सर्मथन गरिएको बुझिएको छ। महानगर स्रोतकाअनुसार उनी यतिबेला भारतमै छन्। भारतबाट फर्केपछि ग्रेटर नेपालको नक्साबारे थप मन्थन गर्ने सोचसमेत बनाएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया