उपप्रधान तथा गृहमन्त्री नाराणकाजी श्रेष्ठले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेकाे बताएका छन्।
माइतीघर मण्डलामा चार दिनदेखि धर्ना बसेर सहकारी पीडितहरुलाई भेट्न पुगेका गृहमन्त्रीले सहकारीबाट पीडित भएकाहरुलाई न्याय दिने बताएका हुन्।
‘बचतकर्ताको समस्या हाम्रो पनि समस्या हो, न्याय दिनु हाम्राे प्रतिवद्धता हो। बचतकर्ता सहकारीकाे अन्यामा परेका छौँ, न्याय दिनु सरकारको कर्तव्य हो,’ उनले भने। सहकारी पीडितहरुकाे विषयमा सरकार गम्भीर रहेकाे उनकाे भनाइ छ।
उनले सरकारले बनाएकाे समितिले सहकारी क्षेत्रका समस्या समाधान गर्ने बताए।