‘भेडा चराउनु सहज काम होइन’

चलचित्रमा निर्वाह गर्ने भूमिकामा बाच्ने कलाकारमध्येमा अभिनेता दयाहाङ राई एक हुन्। चलचित्रमा उनी निर्वाह गर्नुपर्ने चरित्रलाई निर्माण गर्न त्यही जीवनलाई महसुस गर्छन्। कथा र व्यथासँग जोडिएपछि चरित्र जीवन्त हुने अभिनेता राईको बुझाइ थियो। 

'चलचित्रमा अभिनय गर्ने क्रममा विभिन्न पात्र र जीवनसँग साक्षात्कार गर्ने मौका पाइन्छ। मेरो प्रदर्शनको क्रममा रहेको चलचित्र नीरफूलमा मैले गोठालोको भूमिका निर्वाह गर्ने। भीरपाखामा भेडा चराउँदा उहाँहरुको समस्या र साहससँग साक्षात्कार भए', अभिनेता राईले भने। 

कसरी भेडालाई माथि तिर लाने, कसरी तल झार्ने, तिनीहरुलाई कसरी नुन खुवाउने, कसरी स्याहार गर्ने भन्नेबारे स्थानीयसँग छलफल गरेपछि उहाँले जानकारी पाएका छन्।

'पहिलो पटक यो चलिचत्रबाट मैले भेडा गोठालेको सङ््घर्षपूर्ण अनुभव सङ्गाल्ने अवसर पाएँ। मेरो लागि रोचक रह्यो' उनले भने।

धादिङको रुबी भ्यालीमा छायाङ्कन हुँदा अभिनेता राईले हिमाली जीवनको अनुभव सङ्गालेका रहिछन्। 

एउटा नेपाली केही वर्ष विदेशमा रोजगारी गरेर घर फर्कँदा उसको थातथलो नै नेपालको नक्साबाटै हराउनु, उसको गाउँ नै नभेटिनु जस्तो बिडम्वना नै चलचित्रको कथासार रहेको अभिनेता राईको भनाइ थियो।

उनले चलचित्र ‘नीरफूल’ मौलिक कथा र बिरलै हुने घटनामा केन्द्रित रहेको बताए।

प्रकाशित मिति: : 2023-06-04 19:50:00

प्रतिकृया दिनुहोस्