जुम्ली मार्सी धानको ब्रान्डिङ गरिने

सङघीय सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेटमा ‘रैथानेमा गर्व गरौँ’ भन्ने नारालाई अघि सारेको छ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमबार सङ्घीय संसदमा प्रस्तुत गर्नुभएको बजेट भाषणमा ‘रैथानेमा गर्व गरैँं’ नारा उल्लेख गरेका छन्।

बजेटमा भनिएको छ, ‘परम्परागत तथा प्राकृतिक एवं पोषणयुक्त रैथाने खाद्यबालीको बीऊ संरक्षण गरी खेती विस्तार गरिनेछ। जुम्लाको मार्सी धान, पाल्पा र सल्यानका अदुवा, गुल्मीको कफी, मुस्ताङको आलुलगायतका उत्पादनको ब्रान्डिङ गरी उत्पादन र बजारीकरणमा सहयोग गरिनेछ।’ 
 

प्रकाशित मिति: : 2023-05-30 16:10:00

प्रतिकृया दिनुहोस्