बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइन्छ: अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट कार्यान्वयनमा शङ्का नगर्न आग्रह गरेका छन्।

बजेटबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले बजेट कार्यान्वयनमाथिका शंका कामबाट हटाइने दाबी गरे।

‘काम गर्ने शैली परिवर्तन गरेर बजेट कार्यान्वयन गर्न सकिन्छ। विगतमा गर्न नसकेका कामलाई तुलना गरेर बजेटमा राम्रा विषय धेरै, तर उपलब्धि कम हुन्छ भन्ने शंका कामबाट निवारण गरिन्छ’, उनले भने।

उनले यसपटक बजेट कार्यान्वयनका समस्या पहिचान गरेर बजेट निर्माण गरिएको भन्दै बजेट प्रणालीमा सुधार, कार्यान्वयन सुधारमा बुँदागत रुपमै प्रयास गरिएको बताए।

प्रकाशित मिति: : 2023-05-30 15:27:00

प्रतिकृया दिनुहोस्