प्रदेश र स्थानीय तहलाई १ खर्ब ४६ अर्ब वित्तीय हस्तान्तरण

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई रु १ खर्ब ४६ अर्ब २ करोड रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महत प्रदेशलाई वित्तीय समानिकरण अनुदान तर्फ प्रदेशलाई रु ५८ अर्ब ६७ करोड र स्थानीय तहलाई रु ८७ अर्ब ३५ करोड रुपैया गरी जम्मा रु १ खर्ब ४६ अर्ब २ करोड वित्तीय हस्तान्तरण गरिएको बताए।

यस्तै संघीय सरकारबाट शसत अनुदानतर्फ प्रदेशलाई रु ३५ अर्ब ७२ करोड र स्थानीय तहलाई रु १ खर्ब ९१ अर्ब ८९ करोड गरी जम्मा रु २ खर्ब २७ अर्ब ६१ करोड विनियोजन भएको छ।

समपुरक अनुदानतर्फ प्रदेशलाई ६ अर्ब २२ करोड र स्थानीय तहलाई ७ अर्ब ५ करोड रुपैयाँ गरी १३ अर्ब २७ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले बताए।

यस्तै विशेष अनुदानतर्फ प्रदेशलाई ४ अर्ब ४६ करोड र स्थानीय तहलाई ८ अर्ब ७३ करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति: : 2023-05-29 17:07:00

प्रतिकृया दिनुहोस्