बिएल संवाददाता
पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप संसद रेकर्डबाट हटाउने निर्णयप्रति सांसद लेखनाथ दाहाल असुन्तुष्टि जनाएका छन्।
सांसद दाहाल उनै व्यक्ति हुन्, जसले गत शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पशुपतिनाथको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
शुक्रबारको प्रनितिनिधिसभा बैठकमा एमालेले आफ्नो र ओलीको बचाउ गर्दै विरोध गरेर बैठक नै अवरुद्ध गरेको थियो। सोही विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले ओलीलाई चोख्याउने गरी संसद बैठकबाट दाहालले लगाएको आरोपको रेकर्ड हटाउने निर्णय छ। उक्त निर्णयप्रति सांसद दाहालले असन्तुष्टि जनाएका हुन्।
तीन दलको निर्णय लगत्तै बिएल नेपाली सेवाको सम्पर्कमा आएका दाहालले भने, ‘त्यस्तो निर्णय भयो भन्ने त मैले थाहा पाएको छैन तर यदि त्यस्तो निर्णय गरेर भ्रष्टाचारमा ओलीलाई चोख्याउने गरी निर्णय भएको हो भने त्यो म माथिको अन्याय हो, नेपाली जनतामाथिको बेइमानी हो।’
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया