बिएल संवाददाता
पशुपतिनाथ मन्दिरको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली लागेको आरोप संसद रेकर्डबाट हटाउने निर्णयप्रति सांसद लेखनाथ दाहाल असुन्तुष्टि जनाएका छन्।
सांसद दाहाल उनै व्यक्ति हुन्, जसले गत शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले पशुपतिनाथको सुनको जलहरीमा पित्तल मिसाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए।
शुक्रबारको प्रनितिनिधिसभा बैठकमा एमालेले आफ्नो र ओलीको बचाउ गर्दै विरोध गरेर बैठक नै अवरुद्ध गरेको थियो। सोही विषयमा छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले ओलीलाई चोख्याउने गरी संसद बैठकबाट दाहालले लगाएको आरोपको रेकर्ड हटाउने निर्णय छ। उक्त निर्णयप्रति सांसद दाहालले असन्तुष्टि जनाएका हुन्।
तीन दलको निर्णय लगत्तै बिएल नेपाली सेवाको सम्पर्कमा आएका दाहालले भने, ‘त्यस्तो निर्णय भयो भन्ने त मैले थाहा पाएको छैन तर यदि त्यस्तो निर्णय गरेर भ्रष्टाचारमा ओलीलाई चोख्याउने गरी निर्णय भएको हो भने त्यो म माथिको अन्याय हो, नेपाली जनतामाथिको बेइमानी हो।’
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया