पाकिस्तानमा छुट्टाछुट्टै आक्रमणमा ६ जना आतङ्ककारी र ४ सर्वसाधारणको मृत्यु

बिएल संवाददाता

खैबर पख्तुनख्वा

अफगान सीमा नजिकै उत्तरी वजिरिस्तानमा बुधबार आत्मघाती बम आक्रमणकारीले प्रहरी चौकीलाई निशाना बनाई आक्रमण गर्दा दुई सैनिक र एक प्रहरी अधिकारीसहित चार जनाको ज्यान गएको छ। डनले जिल्ला प्रशासनलाई उद्धृत गर्दै सो बारे उल्लेख गरेको छ।

उत्तरी वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाकले आत्मघाती बम आक्रमणकारीले नियमित सुरक्षा जाँच भइरहेका बेला दत्ता खेल सहरको लियाकत चौकीमा आक्रमण भएको बताएका छन्। 

स्रोतका अनुसार सुरक्षाकर्मीहरूले गोप्य रूपमा आक्रमण गर्दा विद्रोहीहरूको मृत्यु भएको  डनले उल्लेख गरेको छ।

सेनाको सञ्चार शाखा, आईएसपीआरले जारी गरेको विज्ञप्तिमा घटनाक्रम पुष्टि गरेको हो। कारवाहीका क्रममा सुरक्षा बलहरू बीच तीव्र फायरिङ आदानप्रदान भएको र आतङ्ककारीहरू मारिएका हुन्।

आतङ्ककारीहरूबाट बन्दुक र गोली बरामद भएको छ। यस क्षेत्रमा अन्य आतङ्ककारीहरूको पनि खोजी भइरहेको छ।

प्रकाशित मिति: : 2023-05-26 05:43:00

प्रतिकृया दिनुहोस्