आत्मघाती आक्रमणमा तीन सुरक्षाकर्मी मारिए

बिएल संवाददाता

इस्लामावाद
सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

उत्तरपश्चिम पाकिस्तानको सुरक्षा जाँच चौकीमा भएको आत्मघाती आक्रमणमा परी तीन जना सुरक्षाकर्मीसहित चार जनाको मृत्यु भएको छ। 

उत्तरी वजिरिस्तान जिल्लाको मीरअलिमा रहेको सुरक्षा जाँच चौकीमा एक जना आत्मघाती आक्रमणकारीले आफूलाई विष्फोट गराउँदा तीन जना सुरक्षाकर्मी र एक जना सर्वसाधारणले ज्यान गुमाएका वजिरिस्तानका डेपुटी कमिश्नर रेहान गुल खट्टाले बताएका छन्।

 नियमित सुरक्षा जाँच भइरहेका बेला आत्मघाती आक्रमणकारीले आफूसँग रहेको बम विष्फोट गराएको थियो। आक्रमणमा अन्य दुई जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन्। उक्त आक्रणको जिम्मेवारी कुनै व्यक्ति वा समूहले लिएको छैन। 

मङ्गलबार बिहान पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबरपख्तुनख्वामा आतङ्कवादीसँग भएको झडपमा छ जना सुरक्षाकर्मी मारिएका थिए।  

पाकिस्तान र हङ्गेरीको संयुक्त लगानीको  इन्धन उत्खनन कम्पनीमा आतङकवादीले गरेको हमलामा  चार जना ‘फ्रन्टियर कन्स्टेबुलरी’का सदस्य तथा दुई जना निजी सुरक्षाकर्मीको मृत्यु भएको थियो। 
 

प्रकाशित मिति: : 2023-05-24 20:34:00

प्रतिकृया दिनुहोस्