दक्षिणी बङ्गलादेशमा बारुदी सुरुङ विस्फोट हुँदा १ जनाको मृत्यु, १ जना घाइते

दक्षिणपूर्वी बङ्गलादेशको बन्दरबन जिल्लामा मङ्गलबार बारुदी सुरङ्ग विस्फोट हुँदा कम्तीमा एक जनाको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन्।

बन्दरवनको रुमा प्रहरी चौकीका अधिकृत आलमगीर हुसेनले सिन्ह्वालाई बताएअनुसार बीजीबी (बोर्डर गार्ड बङ्गलादेश)को शिविर नजिकै केही कामदारहरूले शिविरको ठाउँ सफा गर्दै गर्दा बारुदी सुरङ्ग विस्फोट भएको  र एक कामदारको मृत्यु भएको थियो।

'हामीले एक नागरिकको मृत्यु भएको र अर्को घाइते भएको जानकारी पाएका छौं,' प्रहरी अधिकारीले भने। आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन, हुसेनले भने। 
 

प्रकाशित मिति: : 2023-05-24 05:49:00

प्रतिकृया दिनुहोस्