इण्डोनेसियाका सञ्चार तथा सूचना प्रविधिमन्त्री ५० करोड डलर भ्रष्टाचार काण्डमा पक्राउ परेका छन्। मन्त्री जोनी जी प्लेटलाई प्रहरीले हिरासतमा राखेर छानबिन तथा अनुसन्धान थालेको त्यहाँको प्रहरीले जनाएको छ।
दूरसञ्चार टावरसम्बन्धी परियोजनामा उनले राज्यकोषमा ५० करोड अमेरिकी डलर हानी नोक्सानी पुर्याएको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले उनलाई राजधानी जकार्तामा सोधपुछि पनि अनुसन्धान थालिएको हो।
उनले मोबाइल टावरको बेस टन्सफर स्टेसन सम्बन्धी परियोजनामा उक्त घोटाला गरेको तथ्य फेला परेको हो। ग्रामीण इलाकामा मोबाइलको फोर जी र इन्टरनेट सेवा विस्तारका लागि सरकारले उक्त परियोजना सञ्चालन गर्ने निर्णय गरेको थियो।
अदालतबाट भ्रष्टाचार प्रमाणित भएमा उनीमाथि कम्तीमा २० वर्षको जेल सजाय हुने त्यहाँको कानुनी व्यवस्था छ। इण्डोनेसियामा पछिल्ला दिनमा उच्च ओहोदामा रहेका धेरै जना भ्रष्टाचार काण्डमा मुछिएका छन्।
यसअघि सन् २०२१ मा सामाजिक मामिलामन्त्री १२ लाख डलर घूस लिएको आरोपमा प्रमाणित भएपछि १२ वर्ष जेल सजाय भोगिरहेका छन्। ती मन्त्रीले गरिब परिवारलाई राज्यले कोरोना महामारीमा उपलब्ध गराएको रासनमा एजेन्सीसँग मिलेर बदमासी गरेका थिए।