नेताहरूले निरन्तर भन्दै आएका छन्, 'नेपाललाई सिंगापुरझैँ बनाइनेछ ।' नेताहरूले त्यसो भन्न थालेको तीन दशक बितिसक्यो । संयोग पनि तीन दशकमै सिंगापुरले कायाकल्प गरेको हो । नेताहरूले गफमै बिताइदिएको तीन दशकमा देशको ढुकुटीको आकारमा बढोत्तरी भए पनि साख भने निरन्तर ओरालो लागेको छ ।
अनि, ३० वर्षअघि सिंगापुर बनाउँछु भनेर गफ दिने नेताले सिंगापुरमा बजेट कसरी बनाइन्छ भनेर याद गरेका छन् ? अधिकांश अस्पष्ट छन् । जे होस्, सिंगापुरमा बजेट कसरी तयार हुन्छ ? यो रिपोर्ट त्यहीँबाट सुरु गरौँ ।