जापानमा बस दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

जापानमा भएको बस दुर्घटनामा परी दुई नेपालीले विद्यार्थीले ज्यान गुमाएका छन्।

जापानको मियागी प्रान्तको कुरिहारा शहरको तोहोकु एक्सप्रेस वेमा रोकिरहेको बसलाई एउटा ट्रकले ठक्कर दिँदा दुई नेपालसहित तीन जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।

जापानी सञ्चारमाध्यमका अनुसार मृत्युहुनेमा नेपाली विद्यार्थी नवराज र युवराज रहेको रहेका छन्। रोकिरहेको बसलाई तीव्र गतिमा आएको ट्रकले पछाडिबाट ठक्कर दिएको घाइतेहरूले जनाएका छन्। यस्तै, उक्त बसमा सवार जापानी दुई जना गम्भीर घाइते छन्।

प्रकाशित मिति: : 2023-05-17 08:50:00

प्रतिकृया दिनुहोस्