सनीराज शाक्य
ललितपुरबाट गैंडाको खाग ओखेटोपहारसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा चितवनका निवासी तर हाल ललितपुरको एकान्तकुना बस्ने २८ वर्षीय रोशन घिमिरे, २४ वर्षीय युवराज घिमिरे र धादिङका स्थानीय हाल काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय बिरेन्द्र तामाङ रहेका छन्।
ललितपुरको स्टिलटावर चोक नजिक गैंडाको खाग ओखेटोपहार खरिद बिक्री भइरहेको भन्ने विशेष सुचनाको आधारमा प्रहरी टोलीले शंकास्पद व्यक्तिहरुलाई पट्याउने क्रममा पक्राउ गरिएको हो।
मंगलबार पक्राउ परेका उनीहरुको साथबाट ०.२९७ ग्राम गैंडाको खाग ओखेटोपहार बरामद भएको प्रहरीले बताएको छ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धानका लागि डिभिजन वन कार्यालय,गोदावरी ललिपुरमा पठाइएको छ।
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया