शंकर पोखरेल
अहिले नयाँ र पुराना पार्टीहरूको भाष्य खडा गरिन खोजिँदैछ। भविष्यको योजनामा काम गर्ने पार्टीहरू कहिलै पुराना हुँदैनन्।
नेकपा (एमाले) विचारको जगमा खडा भएको जीवन्त पार्टी हो। समाजवाद नेकपा (एमाले)को लक्ष हो। जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको नेकपा (एमाले)को बाटो हो।
मार्क्सवाद र जनताको बहुदलिय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन। यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्दछ।
माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो।
मिसन ग्रासरुटले गतिहीनता तोडेको छ। नयाँ गतिको आधार सिर्जना गरेको छ। एकिकृत शक्ति निर्माणको जग तयार गरेको छ।
नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल हुने होइन। यथास्थितिको दुश्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिवद्ध कार्यकर्ताको आवश्यकता पर्दछ।
नेकपा (एमाले)को पाँचौ केन्द्रीय कमिटीको पूर्ण वैठकले प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने जबजको मान्यताका आधारमा पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रुपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको छ।
विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुश्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्दछ।
आउनुहोस्, मुलुकलाई राजनीतिक अस्थिरता र चरम आर्थिक संकटको दुश्चक्रवाट मुक्तगर्न नेकपा (एमाले)लाई बलियो राष्ट्रिय शक्तिकारुपमा सुदृढगर्न नयाँ संकल्पसहित नयाँ यात्राको थालनी गरौँ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया