गण्डकीमा मन्त्रीकाे लिष्टबाट दीपक मनाङे नाम काटियाे, काे आए उनकाे ठाउँमा?

File Photo
File Photo

गण्डकी प्रदेशमा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन्।

मनाङबाट स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दिपक मनाङे) मन्त्री बन्ने रेशबाट आउट हुँदा नेपाली कांग्रेसका जीतप्रकाश आले मन्त्री बन्ने पक्का भएको छ। उनी तनहुँ २ (ख) बाट निर्वाचित भएका हुन्।

मनाङेलाई मन्त्री बनाउने भनिए पनि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रीको लिष्टबाट उनकाे नाम  हटाएर तनहुँ क्षेत्र नम्बर २(२) का आलेलाई राखेका हुन्।

नेपाली कांग्रेस तनहुँका सभापति समेत रहेका आले राष्ट्रपति रामचन्द्र पौडेलनिकट मानिन्छन्। कांग्रेसबाट आलेसँगै नवलपुरका महेन्द्रध्वज जिसी र बाग्लुङका दीपेन्द्रबहादुर थापामगर मन्त्री बन्दैछन्। यसैगरी माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जालीलाई मन्त्री बन्रे भएका छन्। योसँगै गण्डकीको मन्त्रिपरिषद ७ सदस्यीय भएको छ।

एमालेका खगराज अधिकारी नेतृत्वको सरकार ढलेपछि कांग्रेस–माओवादीसहितको गठबन्धनबाट पाण्डे गत वैशाख १४ गते मुख्यमन्त्री बनेका थिए। त्यसबेला उनले कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री बनाएका थिए।

नवलपुरका जिसी यसअघि मुख्यमन्त्रीका दाबेदार थिए भने माओवादीका जुग्जाली अघिल्लो सरकारमा पनि  पर्यटनमन्त्री थिए।

प्रकाशित मिति: : 2023-05-12 16:39:00

प्रतिकृया दिनुहोस्