इजरायली कारबाहीमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु

फाइल तस्बिर
फाइल तस्बिर

इजरायली सेनाले बिहीबार बिहानै गरेको हवाई आक्रमणमा प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ कमाण्डरको मृत्यु भएको छ।

इजरायली लडाकु विमानले बिहीबार बिहानै हमाद शहरको आवास क्षेत्रमा रहेको एउटा भवनलाई निशाना बनाएर गरेको आक्रमणमा अबु मोहम्मद नामले चिनिने कमाण्डरको मृत्यु भएको हो।

इजरायली सेनाले बुधबार दिनभर र राति गरी १३० बढी निशानामा बमबारी गरेको छ।

प्यालेस्टिनी मिलिसियाले पनि साढे चार सय बढी रकेट इजरायलतर्फ प्रहार गरेको छ। इजरायली सेनाको आक्रमणबाट आफ्नो मिसाइल युनिटका वरिष्ठ कमाण्डर अलि हसन गलीको मृत्यु भएको इस्लामिक जिहादले स्वीकार गरेको छ। इजरायली सेनाले पछिल्ला ३ दिनमा गरेको गाजामा मात्रै करिब ५० जनाको ज्यान गइसकेको छ।

इजरायली सेनाको आक्रमण बिहीबार पनि जारी रहेको छ।

प्रकाशित मिति: : 2023-05-12 06:58:00

प्रतिकृया दिनुहोस्