प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन दबाब अस्विकार गरेपछि सचिवको सरुवा

कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव सन्तबहादुर सुनारलाई प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन दबाब अस्विकार गरेपछि सरुवा गरिएको छ।

उपप्रधान तथा र रक्षामन्त्री पूर्णबहादुर खड्काले केही महिनाअगाडि आफ्ना भाइ डा.डम्बर खड्कालाई उपकुलपति बनाउन कर्णाली प्रदेश अस्पताललाई स्वास्थ विज्ञान प्रतिष्ठान बनाउन दबाब दिएका थिए। त्यसकै लागि सबैभन्दा कमजोर पात्रलाई नेपाली काङ्ग्रेसले सामाजिक विकास मन्त्रालयमा पठाएको थियो।

एमआरआई मेसिन खरिद प्रकरणमा करोडौं घोटालामा मुछिएका कर्णाली प्रदेश अस्पतालका डाइरेक्टर डा.डम्बर खड्का स्वास्थ सेवाबाट रिटायर्ड हुँदैछन्। उनलाई व्यवस्थापन गरी कर्णालीको स्वास्थ क्षेत्रमा प्रभुत्व जमाइराख्न अस्पताललाई प्रतिष्ठान बनाउने योजना अगाडि सारिएको थियो। किनकि, राज्य शक्तिको बलमा सार्वजनिक अस्पताल भन्दा निजी मेडिकललाई केन्द्रमा राख्दै आएका थिए।

प्रतिष्ठान कुनै हालतमा स्थापना गरी उपकुलपति बन्ने दाउमा रहेका अस्पतालका निर्देशक डा.डम्बर खड्काले कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानबाट लिएको प्राध्यापक पद पनि नक्कली भएको भन्दै अख्तियारले छानबिन गरिरहेको छ।

एउटा पात्रलाई रिटायर्ड जीवन बिताउन सहज होस् भनेर कर्णाली प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउने कुरा कुशासन र शक्तिको दुरुपयोग हुने विज्ञहरु बताउँछन्।

कर्णाली प्रदेशको दैलेख जिल्ला घर भएका सचिव सन्तबहादुर सुनारले सामाजिक विकास मन्त्रालयबाट त्यसको औचित्य र आवश्यकतामाथि गम्भीर अनुसन्धान र बहस हुनुपर्ने भनेर प्रतिष्ठान बनाउन दिइएको दबाब अस्विकार गरिदिएका थिए। उनी प्रदेश सरकारको सचिव मात्र नभएर यहीँको बासिन्दा भएको कारण पनि अस्वभाविक दबाब र प्रलोभनमा नपर्ने बताउदै आएका थिए।

कर्णाली प्रदेशभित्र कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा स्थापना भएको धेरै भैसकेको छ। त्यसकै मातहत प्रदेश अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्ने अथवा शिक्षण अस्पताल खोल्नुपर्ने आवश्यक भए मध्यपश्चिम विश्वविद्यालयले स्थापना गर्नुपर्ने विज्ञहरुको राय छ।

प्रकाशित मिति: : 2023-05-09 21:53:00

प्रतिकृया दिनुहोस्