मुख्यमन्त्रीकाे नाम भजाएर भाेट माग्दै जीतबहादुर कार्की

आफ्नो कार्यकालमा आम उद्योगी व्यवसायीको हितमा माखो पनि मार्न नसकेका गौरादह उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेद्वार  जीतबहादुर कार्की (जेबी) यतिबेला मुख्यमन्त्री हिक्मत कार्कीको आशिर्वाद रहेको भन्ने भ्रम छर्दै मत माग्न थालेका छन्। मतदाताको घर/दैलोमा पुग्दा व्यापारीको गाली बर्सिन थालेपछि उनले जीतका लागि नयाँ अस्त्र प्रयोग गरेका हुन्।

आफू पहुँचवाला हुँ भन्ने देखाउन उनले यतिबेला मुख्यमन्त्रीको नाम भजाउन थालेका छन्। कन्काई ग्यास उद्योग गौरादहका सञ्चालक रहेका कार्की गौरादह उद्योग वाणिज्य संघका हालसम्मका अध्यक्षमा सबैभन्दा विवादस्पद रहे। सर्वसम्मत अध्यक्ष हुनका लागि कांग्रेससँग चोचोमोचो बढाएका कार्कीले चुनाव जितेपछि कांग्रेसलाई मात्र होइन, आम व्यापार, व्यवसायीलाई नै बिर्से।

उनले आफैले बनाएका नियमलाई कार्यान्वयन गर्न सकेनन। निर्वतमान समितिका एक जना पदाधिकारीले भने, ‘मासिक बैठक बस्ने एजेण्डा पास गराए तर कहिल्यै मासिक बैठक बोलाएनन्। संघलाई प्रा.लि. मोडलमा सञ्चालन गरेका कार्कीको पालामा आधाभन्दा बढी संघको सदस्यता नवीकरण गरेनन्। उनी ठुला उद्योगी हुन्, त्यसमा दुई मत छैन् तर साना व्यवसायीका लागि पनि संघले समस्यामा बोली दिनुपर्छ। बरु सिंहदरबार छिरेर मन्त्री भेट्न सकिन्थ्यो, उनलाई भेट्न सकिँदैन्थ्याे।’

आर्थिक संकटले देश थला परेको व्यापारलाई टेवा पुग्ने गरी उनले काम नगरेको स्थानीय व्यापारीको आरोप छ। एक जना व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘वाणिज्य संघको सदस्य बन्नका लागि गएको थिएँ, उहाँले के पाइन्छ भनेर सदस्य बन्ने भन्दै सोध्नुभयो।’

गौरादहमा करदाता सेवा कार्यालय ल्याउने र सबैलाई सहज ढंगले व्यापार व्यावसय नवीकरणमा सहयोग पुर्‍याउने एजेण्डामा चुनाव जितेका कार्कीकै पालामा गौरादहका व्यावसयीहरू कर कार्यायलबाट सबैभन्दा बढी कानुनी जटिलता खेप्नु पर्‍यो।

यो अवधिमा आधाभन्दा बढी व्यापारी जरिवानाको मारमा परे। जरिवाना छुटका लागि संघले कुनै भूमिका निर्वाह गर्न सकेन। भनिन्छ- राज्यले प्राप्त गर्ने कर सातपुस्तापछि पनि असुल्छ। तर, कार्कीलाई जिताउँदा कर छुटाउने, तिर्नु नपर्ने, पहुँच प्रयाेग गरेर छुट दिलाउनेजस्ता आश्वासन बाँढेर कार्की कम्पनी हिँडिरहेकाे छ। कर वृद्धि हाेइन, दायरा फराकिलो बनाउँ र थाेरै थाेरै सबैले तिराैं भन्ने वातावरण तयार गर्न उनी असफल भएका छन्।

संघमा बहुपदीय व्यवस्था छ तर अध्यक्ष बाहेकका कोही पनि निर्णायक भूमिकामा देखिएनन्। कार्कीको रजगजले गर्दा अरु पदाधिकारी र सदस्यहरू ओझेलमा परेको व्यापारीहरूको गुनासो छ।

संघमा कार्यरत एक मात्र कर्मचारीलाई समेत न्यूनतम पारिश्रमिक दिन नसकेका कार्की अहिले नयाँ-नयाँ एजेण्डा बोकेर मतदाता फकाइरहेका छन्।

भर्खरै भ्याटमा कारोबार सुरु गरेका व्यापारीका लागि आवश्यक पर्ने तालिमका विषय अझ बढी उनी चुकेका छन्। मिसम्याचको समस्यामा परेका व्यापारी सहजीकरण गरिमाग्न जाँदा उनले व्यापारीलाई यस्ता आधारभूत विषय थाहा छैन भने व्यापार नगर्नु भन्दै हप्काएर पठाएको एक व्यापारी सुनाउँछन्।

उनले भने, वाणिज्य संघले त्यति कुरा पनि सिकाउँदै भने किन सदस्यता नवीकरण गर्नु ?

प्रकाशित मिति: : 2023-05-06 13:39:00

प्रतिकृया दिनुहोस्