बुधबार, १३ अगस्ट २०२५

संखुवासभामा हेलिकप्टर दुर्घटना

Photo - Wang Bhote/Facebook
• • •

संखुवासभाकाे भोटखोला गाउँपालिका-४ स्थित सिप्रुङमा हेलिकप्टर दुर्घटना भएकाे छ।

अरूण तेस्रो जलविद्युत परियोजनाको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना भएको हाे।

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेका अनुसार हेलिकोप्टर अवतरणका क्रममा दुर्घटना भएको हो।

उद्धारका लागि गृह मन्त्रालयबाट हेलिकोप्टर मगाएकाे उनले बताए। घटनाको विस्तृत विवरण भने आउन बाँकी छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!