अफगानिस्तानमा सडक दुर्घटनामा छ जनाको मृत्यु, एक घाइते

बिएल संवाददाता

पुल–ए–खुम्री

अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा मङ्गलबार भएको सडक दुर्घटनामा परी कम्तीमा छ जना यात्रुको मृत्यु हुनाका साथै अन्य केही घाइते भएका छन्।

 प्रान्तीय प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै प्रान्तीय राजधानी पुल–ए–खुम्रीबाहिर ख्वाजा अलवान क्षेत्रमा मङ्गलबार बिहान ट्रकले कारलाई ठक्कर दिँदा एक महिला र एक बालकसहित छ जनाको घटनास्थलमै मृत्यु भएको अन्य एक जना घाइते भएको उल्लेख गरेको छ।  

अफगानिस्तानमा शुक्रबारदेखि मङ्गलबारसम्म भएको यो चौथो सडक दुर्घटना हो। उत्तरी तखार प्रान्तमा शुक्रबार भएको सडक दुर्घटनामा नौ यात्रु घाइते भएका छन्।

गत शनिबार पूर्वी पक्तिया प्रान्तमा मिनिबसले कारलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका थिए भने आइतबार उत्तरपूर्वी बदख्सान प्रान्तमा भएको सडक दुर्घटनामा १३ जना यात्रु घाइते भएका थिए।

भीडभाड भएका सडकमा लापरबाही तरिकाले सवारी चलाउनु र यात्राको क्रममा सुरक्षा उपाय नअपनाउँने जस्ता कारणले गर्दा धेरैजसो घातक सडक दुर्घटना हुने गरेको पाइएको छ।

प्रकाशित मिति: : 2023-05-03 05:44:00

प्रतिकृया दिनुहोस्