अफगान प्रहरीद्वारा उरुजगान प्रान्तमा २ हजार ८५० किलो चरेस बरामद

फाइल तस्बिर
फाइल तस्बिर

अफगानिस्तानको काउन्टर कोटिक्स प्रहरीले दक्षिणी उरुजगान प्रान्तबाट दुई हजार आठ सय ५० किलोग्राम चरेस बरामद गरेको छ। 

प्रान्तीय प्रहरी प्रवक्ता मौलावी जाहिदले जानकारी दिएअनुसार तस्करी गरिएका सामानहरू दुई वटा सवारी साधनभित्र लुकाइएको थियो। 

प्रहरीले आइतबार प्रान्तीय राजधानीबाहिर गाडीको  नियमित सुरक्षा जाँचका क्रममा फेला पारेको बताइएको छ। चालक भने फरार रहेको उनको खोजी भइरहेको जनाइएको छ।

अफगानिस्तानको कार्यवाहक सरकारले हाल यहाँ गाजालगायतका खेतीमा प्रतिबन्ध लगाएर तस्करहरूविरुद्ध अभियान सुरु गरेको छ। 

यसै क्रममा दुई महिनामा सयौँ लागुऔषध तस्करहरूलाई पक्राउ गर्नुका साथै अफिम उत्पादन हुने हजारौँ एकड अफिम र चरेस फार्महरू नष्ट गरेको छ।
 

प्रकाशित मिति: : 2023-05-01 22:00:00

प्रतिकृया दिनुहोस्