गायक रामकृष्ण ढकालकाे गीत ‘माया हुन्छ भनन’ सार्वजनिक भएकाे छ। गीत शुक्रबार काठमाडाैँमा आयोजित एक कार्यक्रमकाबीच सार्वजनिक गरिएकाे हाे ।
गीतमा संगीतकार शम्भूजित बास्कोटाको संगीत रहेकाे छ भने ज्ञानेन्द्र गदालको शब्द र दीक्षित पौडेलको एरेन्ज छ। गीतको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्।
भिडियोमा गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारीको अभिनय छ। प्रेम र रोमान्स देखाउन खोजिएको भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ।