अदालतमा बयान दिँदै जिनले भनिन्, 'ट्रम्पले मलाई बलात्कार गर्‍यो'

बिएल संवाददाता

न्युयोर्क, अमेरिका

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले बलात्कार गरेको घटनामा उनले झुट बोलेर आफ्नो मानी गरेको बताउँदै आएकी ई. जिन क्यारोलले बुधबार अदालतमा बयान दिएकी छिन्।

न्युयोर्कको म्यानह्याटनस्थित विलासी ब्राण्डहरूको स्टोर बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रूममा सन् १९९६ मा ट्रम्पले आफूलाई बलात्कार गरेको दाबी गर्दै बयानका  क्रममा उनले भनिन्, 'म यहाँ छु किनभने डोनाल्ड ट्रम्पले मलाई बलात्कार गर्यो। जब मैले यस बारेमा लेखेँ, उसले हैन भनेर झुट बोल्यो र मेरो प्रतिष्ठालाई चकनाचुर पार्यो। त्यसैले  म यहाँ मेरो जीवन फिर्ता लिन प्रयास गर्न आएकी छु।'

जिन क्यारोल एक स्थापित पत्रकार हुन्। उनी इले पत्रिकाकी जानेमाने स्तम्भकार हुन्।

जिनले सन् २०१९ मा आफ्नो पुस्तक'ह्वाट डु वी निड मेन फर'सार्वजनिक गर्नुपूर्व न्युयोर्क म्यागजिनमार्फत् पुस्तकको अंश बाहिर ल्याएकी थिइन्। यसरी पहिलोपटक सार्वजनिक भएको यो घटनाका बारेमा ट्रम्पले जिन'मलाई पन पर्ने खालकी हैनन्'भन्दै आरोप अस्वीकार गरेका थिए।

म यहाँ छु किनभने डोनाल्ड ट्रम्पले मलाई बलात्कार गर्यो। जब मैले यस बारेमा लेखे, उसले हैन भनेर झुट बोल्यो र मेरो प्रतिष्ठालाई चकनाचुर पार्यो। त्यसैले  म यहाँ मेरो जीवन फिर्ता लिन प्रयास गर्न आएकी छु।
- ई. जिन क्यारोल 

ट्रम्पले आफूलाई बलात्कार गरेको अस्विकार गरेर झुट बोलेको र आफ्नो मानहानी गरेको भन्दै उनले सन् २०१९ ट्रम्पविरूद्ध मानहानीको मुद्दा दायर गरेकी थिइन्। तर, ट्रम्प त्यतिबेला राष्ट्रपति भएकाले यो मुद्दा मुल्तवीमा राखिएको थियो।

त्यही मुद्दाका क्रममा उनले म्यानहट्टन अदालतमा बयान दिएकी हुन्। 

ट्रम्पका वकिलहरूले न्यायाधीशले बयानका लागि ट्रम्पलाई उपस्थित हुन आदेश नदिएसम्म उनी अदालतमा उपस्थित नहुने बताएका छन्।

ट्रम्पका लागि यस्ता आरोप नौला हैनन्। उनीविरूद्ध यस्तै आरोप लगाउने जेसिका लिड्स र नताशा स्टोनोफले पनि यो मुद्दाका सुनुवाइका क्रममा वयान दिन सक्ने निर्णय सुनाएका छन्। 

प्रकाशित मिति: : 2023-04-27 02:28:00

प्रतिकृया दिनुहोस्