नेपालमा फेरि बढ्दैछ कोरोना संक्रमण

देशसञ्चार

काठमाडौं

हाल विश्वमा कोरोना संक्रमण निकै कम हुँदै गएको छ। पछिल्लो समयमा विश्वको कुल कोरोना संक्रमण प्यान्डेमिक भर्खर सुरु हुँदाको अवस्था अर्थात सन् २०२० को सुरुवातीतिरको अवस्थाजत्तिको देखिन्छ। हाल विश्वमा कुल दैनिक ५०००० देखि ७५००० नयाँ संक्रमण र २०० देखि ४०० नयाँ कोरोना मृत्यु देखिने गरेको छ। प्यान्डेमिकका विभिन्न लहरहरु उच्च बिन्दुमा पुगेको बेला दैनिक ४० लाखसम्म नयाँ संक्रमण र १५ हजारसम्म मृत्यु देखा पर्ने गरेको थियो। त्यस अर्थमा हाल कोरोना संक्रमण विश्वमा निकै न्यून देखिन्छ।

तर, त्यति हुँदाहुँदै पछिल्लो समयमा दक्षिण एसियामा कोरोना संक्रमण फेरि सक्रिय हुँदै आएको छ जुन यस शृंखलाका पछिल्ला केही अंकहरुमा प्रस्तुत गरिएका छन्। पछिल्लो समय कोरोना संक्रमण अधिक देखिने देशहरुमा भारत अगाडि देखिन थालेको छ जहाँ दैनिक १०००० भन्दा धेरै संक्रमण र २५ भन्दा धेरै मृत्यु देखिन थालेको छ। भारतकै हाराहारीमा जापान र कोरियामा पनि संक्रमण देखिने गरेको छ, जहाँ केही महिनाअघिसम्म पनि अत्यधिक कोरोना संक्रमण देखिने गरेको थियो। युरोप, अमेरिका, ल्याटिन अमेरिका आदि क्षेत्रहरुमा हाल कोरोना संक्रमण निकै न्यून देखिन्छ।

प्रकाशित मिति: : 2023-04-25 08:42:00

प्रतिकृया दिनुहोस्