बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु

File Photo
File Photo

शिवसताक्षी नगरपालिका–९ मा बन्द भएको ३४ वर्षपछि हाटबजार लाग्न सुरु गरेको छ। विभिन्न कारण देखाउँदै २०४६ सालदेखि बन्द भएको आइतबारे हाट आइतबारदेखि लाग्न सुरु भएको हो। सो बजार २०४२ सालमा स्थापना गरी सञ्चालनमा ल्याइएको थियो।

नगरप्रमुख मेगाहाङ थोप्राले स्थानीय क्षेत्रमा साप्ताहिक बजारको आवश्यकता भएको हुँदा हाटबजार सुरु गरेको बताए। उनले स्थानीय उत्पादनलाई बजारीकरण गर्न र किसानको जीवनस्तर उकास्न बजारले सहयोग पुर्याउने बताए।

आइतबारे बजार व्यवस्थापन समितिका अध्यक्ष जयनारायण पौडेलले बन्द भएको बजार सञ्चालन गर्न सबै क्षेत्रबाट पहल भएको बताए। गाउँको बीचमा लाग्ने बजारले यस क्षेत्रका किसानलाई राहत पुर्याउने उनको भनाइ छ।

'यहाँ उत्पादित कृषिजन्य वस्तु बेच्न झिलझिले, दूधेलगायतका बजारमा पुग्नुपर्थ्याे', उनले भने, 'अब त्यो झन्झटबाट मुक्त हुनुका साथै बाह्य व्यापारीलाई समेत आकर्षित गर्न मद्दत पुग्छ।'

वडा नं ९ का अध्यक्ष डिल्लीलाल फेम्बुले बजार क्षेत्रको जग्गा व्यक्तिको नामबाट नगरपालिकाको नाममा नामसारी गर्ने प्रक्रिया समेत अघि बढाइएको बताए। उनले बजार क्षेत्रको जग्गा २०४२ सालमा स्थानीय छ दाताले प्रदान गरेको जानकारी दिए।

प्रकाशित मिति: : 2023-04-24 13:15:00

प्रतिकृया दिनुहोस्