श्रीलङ्काली नौसेनाद्वारा १७९ किलो हेरोइन बरामद

फाइल तस्बिर
फाइल तस्बिर

श्रीलङ्काको नौसेनाले सोमबार एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ। साथै र सो कारोबारमा  संलग्न छ जनालाई अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ।

नौसेनाले शनिबार राति श्रीलङ्काको दक्षिणी तटमा रहेको अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन्।

हिरोइनको अनुमानित मूल्य १०.९ मिलियन अमेरिकी डलरभन्दा बढी रहेको बताइएको छ। नौसेना, प्रहरी र गुप्तचर निकायको संयुक्त कारबाहीमा उनीहरू पक्राउ परेका हुन्।

प्रकाशित मिति: : 2023-04-18 05:23:00

प्रतिकृया दिनुहोस्