सहरहरूको उद्भव र विकास आधुनिक विश्वको एउटा महत्त्वपूर्ण परिघटना मानिन्छ । नेपाल पनि यसबाट पृथक रहेको छैन ।
खेतीपाती छाडेर अन्य व्यवसायतर्फ आकर्षित हुँदै नेपालका ग्रामीण भेगबाट सहरतर्फ मानिसहरूको संख्या बढिरहेको देखिनु यसको उदाहरण हो ।
तर, पाश्चात्य संसारमा जस्तो औद्योगिक क्रान्तिले जन्माएको तीव्र सहरीकरणसँग नेपाली सहरीकणको तुलना गर्न भने सकिँदैन ।