रुसद्वारा ६९९ किलो कोकिन बरामद

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले ल्याटिन अमेरिकाबाट आएको ६९९ किलोग्राम कोकिन बरामद गरेको छ। 

सूचना अनुसार उक्त बरामद लागुऔषध युरोपेली संघ (ईयू) लाई बेच्ने योजना  बनाइएको बुझिएको छ।

दुईजना कोलम्बियाली नागरिक र एकजना ईयु नागरिकले २.५ बिलियन रूबल (३१ मिलियन अमेरिकी डलर) भन्दा बढी मूल्यको  सो लागुऔषधि  रुस लगेर मस्कोको गोदाममा भण्डार गरेको एफएसबीले विज्ञप्तिमार्फत जनाएको छ। 

संदिग्धहरूले कोकिनको केही परिमाण ईयु देशमा तस्करी गर्ने र बाँकी परिमाण रूसमा बेच्ने योजना बनाएको एजेन्सीले जनाएको छ।

रुसी कानून अनुसार हिरासतमा रहेका र २० वर्षसम्मको जेल सजाय भोगिरहेका तीन लागुऔषध कारोबारीविरुद्ध फौजदारी मुद्दा चलाइएको छ।
 

प्रकाशित मिति: : 2023-04-10 20:24:00

प्रतिकृया दिनुहोस्