नक्कली बिज्ञापन राखी अनलाइनमार्फत ठगी गर्ने व्यक्ति पक्राउ

शनि शाक्य

काठमाडौं

अनलाइनमा नक्कली विज्ञापन राखी ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ। 

पक्राउ पर्नेमा जिल्ला हुम्ला सिमिकोट गाउँपालिका वडा नं. ४का उपेन्द्र शाही रहेका छन्। 

हाम्राे बजार डट कम नामक अनलाइन वेबसाइटले ‘आइफाेन १४ प्राे म्याक्स’का साथै महंगाे मूल्यका माेबाइलहरू सस्ताे मूल्यमा बिक्रीमा राखी मानिसहरूबाट रकम ठगी गर्दै आएकाे प्रहरीले बताएकाे छ।

प्रहरीका अनुसार  उक्त वेबसाइटले  ‘आइफाेन १४ प्राे म्याक्स’ जस्ता महँगो मूल्यका फाेन बिक्रीमा छ, भन्ने जस्ता आकर्षक बिज्ञापन पोष्ट गरी मोबाइल किन्ने व्यक्तिहरू सम्पर्कमा आएपछि मोबाईलको मूल्य, डेलिभेरी, कुरियर चार्ज जस्ता विभिन्न प्रयोजनमा रकम लाग्छ भनि व्यक्तिहरूकाे नाममा रहेका बैंक खाता, ईसेवा तथा खल्ती वालेटहरुमा रकम पठाउन लगाई रकम पठाए पश्चात सम्पर्कविहीन भई अनलाईन मार्फत ठगी गर्ने गरेकाे थियाे। 

शाहीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको प्रहरीले  जनाएकाे छ। 

प्रकाशित मिति: : 2023-04-09 17:13:00

प्रतिकृया दिनुहोस्