ट्रेजर बचत तथा ऋण सहकारी संस्थाले बचतकर्तालाई दिएन पैसा

काठमाडौंमा रहेको ट्रेजर बचत तथा ऋण सहकारी संस्थाले बचत कर्तालाई पैसा फिर्ता दिएको छैन।

बिएल नेपाली सेवाको सम्पर्कमा आएका पीडितहरुले आफूहरुलाई ट्रेजर बचत तथा ऋण सहकारी संस्थाले ठगेको बताए। उनीहरूका अनुसार २० जना पीडितको करिब २ करोड रुपैयाँ सहकारी डुबेको छ।

यस सहकारीले बचत कर्ताले जम्मा गरेको पैसा फिर्ता माग्दा नदिने र कार्यालय बन्द गर्ने गरेको छ। ‘हामीलाई यस संस्थाले निकै पीडा र दुःख दिएको छ। खाईनखाई बचत गरेको पैसा फिर्ता माग्न जाँदा कार्यालय बन्द छ। हामीले गुहार्ने निकायहरु जाँदा त्यत्ति बास्ता गदैनन्।’ बचतकर्ता शिला गौतमले भनिन्।

०६४ सालमा दर्ता भएको यो संस्था चाबहिलमा सञ्चालमा रहेको छ। सहकारी सञ्चालक जिवन श्रेष्ठ अहिले बचतकर्ताको सम्पर्कमा आउने गरेका छैनन्। उनले आफ्नो श्रीमतीलाई सहकारी संस्थाको अध्यक्ष बनाएका छन्। उनले सहकारीलाई आफ्ना मान्छेलाई भर्ती गर्ने केन्द्र बनाएका संस्था डुबेको पीडित बताउँछन्।

अहिले बचतकर्ताहरु हरेक दिन बचत माग्न सहकारी संस्थामा पुग्ने गरेका छन्। तर पीडितहरुले सहकारीका कसैलाई पनि भेटाउँदैनन्।

सहकारी विभागका प्रवक्ता टोलराज उपाध्ययले अहिले सहकारी संस्थाहरुलाई निकै निगरानीमा राखेको बताए। सहकारी महासंघका महाप्रबन्धक सुब्बा सहकारीलाई तत्काल कारवाही बढाउनु पर्ने बताए।

ट्रेजर बचत तथा श्रणा सहकारी संस्था लिमिटेडका सञ्चालक जिवन श्रेष्ठसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन पीडितकाे भनाइ छ। 
 

प्रकाशित मिति: : 2023-04-05 13:06:00

प्रतिकृया दिनुहोस्