किर्गिजस्तानमा दादुराका बिरामी बढ्दै

बिएल संवाददाता

किर्गीजिस्तान

किर्गिजस्तानमा यस वर्षको सुरुवातदेखि दादुरा र रुबेलाका घटनामा वृद्धि भएको यहाँको स्वास्थ्य मन्त्रालयको प्रेस सेवाले सोमबार जनाएको छ।

रिपब्लिकन सेन्टर फर इम्युनोप्रोफिलेक्सिसको तथ्याङ्क अनुसार किर्गिजस्तानमा  सन् २०२३ को शुरुदेखि हालसम्म दादुराका ४१ र रुबेलाका ६ वटा घटनाहरू फेला परेका छन्। यसैगरी ओश क्षेत्रमा  मात्रै २० वटा घटना दर्ता भएका छन्।

उक्त सरुवा रोक वृद्धिको मुख्य कारण बालबालिका र वयस्कहरू दादुरा र रुबेला विरुद्धको नियमित खोपको मात्रामा पूरा गर्न  अनिच्छुक रहेको बताइएको छ।

प्रकाशित मिति: : 2023-04-05 05:50:00

प्रतिकृया दिनुहोस्