जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

Symbolic photo
Symbolic photo

पाल्पामा एक महिलाहरूलाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन्। 

उनीहरूले ती महिललाई गत मंगलबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: : 2023-03-30 15:54:00

प्रतिकृया दिनुहोस्