‘श्रीलङ्काले अर्को महिना इन्धनको मूल्य घटाउने’

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

श्रीलङ्काका विद्युत् तथा ऊर्जामन्त्री कञ्चना विजेसेकराले सरकारले आगामी महिना देशमा इन्धनको मूल्य घटाउने बताएकी छन्।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट र सङ्कटग्रस्त मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण स्वीकृतिका कारण आपूर्तिकर्ताबाट प्रतिस्पर्धात्मक मूल्य प्राप्त गर्न सक्ने क्षमता भएकाले मूल्य घटाउन सकिने उनले संसद्लाई बताइन्। 

उनले अमेरिकी डलरसँगको श्रीलङ्काको रूपैयाँको पनि मूल्य वृद्धि भइरहेको बताइन्। 

उनका अनुसार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘बेलआउट प्याकेज’ र अर्थतन्त्रको स्थिरीकरणपछि इन्धनको मूल्य घटाउन सुझाव दिएका थिए।

श्रीलङ्कामा आर्थिक सङ्कट उत्पन्न भएपछि सन् २०२२ मा इन्धनको मूल्यमा २०० प्रतिशतले वृद्धि भएको थियो। 

प्रकाशित मिति: : 2023-03-23 06:41:00

प्रतिकृया दिनुहोस्