पाकिस्तान र अफगानिस्तानमा भूकम्पमा परी १३ जनाको मृत्य

बिएल संवाददाता

इस्लामावाद

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा मङ्गलबार साँझ गएको ६.५ म्याग्नीच्यूडको भूकम्पमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य ४७ जना घाइते भएका छन्।

भूकम्पका कारण अफगानिस्तानमा पनि चार जनाको मृत्यु भएको छ भने अन्य ८० जना घाइते भएका छन्।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अनुसार भूकम्पमा परी मृत्यु हुनेमा पाँच पुरुष, दुई महिला र दुई बालबालिका रहेका छन्।

भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ८० जना घाइते भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफात जमान अमरले बुधबार जानकारी दिए।

पाकिस्तानको भूकम्प मापन केन्द्रले मङ्गलबार राति ६.५ म्याग्नीच्यूडको भूकम्प गएको बुधबार जानकारी गराएको हो। त्यसैगरी अमेरिकी भौगर्भिक सर्भेका अनुसार १८७.५८९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्रविन्दु सुरुमा अफगानिस्तानको जार्ममा ३६.५२२७ डिग्री उत्तरी अक्षांश र ७०.९७८७ डिग्री पूर्वी देशान्तर मापन गरिएको थियो।

 भूकम्पका कारण पाकिस्तानमा २१ वटा घरको छाना र पर्खाल भत्किएको छ। भूकम्पका कारण देशको उत्तरपश्चिम र उत्तरी क्षेत्रका विभिन्न क्षेत्रमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताइएको छ।

भूकम्पपछि, आपतकालीन प्रतिक्रिया केन्द्रहरू स्थापना गरिएको थियो र उत्तरपश्चिम पाकिस्तानका अस्पतालहरूमा आपतकालीन घोषणा गरिएको थियो।    पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण र अन्य संस्थालाई कुनै पनि आपतकालीन अवस्थाको सामना गर्न तयार रहन निर्देशन दिएका छन्।

प्रकाशित मिति: : 2023-03-23 06:16:00

प्रतिकृया दिनुहोस्