नेपाली समाज टेक्ससका पूर्व अध्यक्ष लामिछाने घरमा मृत्त भेटिए

टेक्सस नेपाली समाजका पूर्व अध्यक्ष कृष्ण लामिछाने टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन्।

उनको मृत्युको समाचार लगत्तै स्थानीय नेपाली समुदाय उनको घरमा पुगेको थियो। मृत्युको कारण पत्ता लगाउन लामिछानेको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ।

लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए। उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए।

टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए। लामिछाने टेक्ससमा नेपाली समुदायलाई आपत विपत पर्दा सधै पुग्ने गरेका थिए। लामिछानेको मृत्युले टेक्ससको नेपाली समाजलाई अपूरणीय क्षति भएको छ ।

प्रकाशित मिति: : 2023-03-22 18:24:00

प्रतिकृया दिनुहोस्